प्रस, रौतहट १५ साउन/

जनकल्याण जल उपभोक्ता कृषक सहकारी संस्था लिमिटेडका अध्यक्ष ब्रजभूषणप्रसाद सिंहले यमुनामाई गापा –४ का वडा अध्यक्ष अश्विनीराय यादव, कृषि अधिकृत एमामुल हकलगायत चारजनामाथि जिल्ला प्रशासन कार्यालय गौरमा उजूरी दिएका छन् ।

रासायनिक खाद बिक्री निर्देशिका २०७७ अनुसार सिफरिश नभएको कारण कृषि सामग्री कम्पनी चन्द्रपुरले मल उपलब्ध नगराउँदा कृषकहरू मारमा परेका छन् ।

यमुनामाई गापा–४ मा कृषकहरूले रासायनिक खाद विगत एक वर्षदेखि नपाएपछि चर्को मूल्यमा किन्न बाध्य भएका छन् ।

सम्बन्धित वडाका संस्थालाई सिफरिश गर्नुपर्नेमा वडा अध्यक्ष यादव र कृषि अधिकृत हकले अर्को वडाको संस्थालाई सिफरिश गरी अनियमितता गरेको जनकल्याण जल उपभोक्ता कृषक सहकारी संस्था लिमिटेडका अध्यक्ष ब्रजभूषणप्रसाद सिंहले बताए ।

यमुनामाई गापा–४ का वडा अध्यक्ष यादवले आफ्नी भाउजू चिन्तादेवी यादवलाई डिलर सिफरिश गरेको उजूरीमा उल्लेख छ ।

रासायनिक खाद डिलरको लागि स्थानीय निकायले बिक्रेता तोकी डिलर सिफरिश गर्नुपर्ने कानूनी प्रावधान छ । मल नपाएपछि स्थानीय कृषक आक्रोशित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here