प्रस, वीरगंज, १४ साउन/

झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएको कसूरमा एकजना भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

भारतीय नागरिक सीता पटेलले कविताकुमारीको नामबाट जिल्ला प्रशासन कार्यालय, पर्सामा झूटो विवरण पेश गरी नागरिकता लिएको आरोपमा बुधवार प्रहरीले उनलाई वीरगंज महानगर–१३ श्रीपुरबाट पक्राउ गरेको छ ।

प्रहरीले नागरिकता प्रकरणमा बहुदरमाई नगरपालिका–२ निवासी धुरूपप्रसाद पटेललाई पनि पक्राउ गरेको छ ।

सीताले धुरूप पटेलकी छोरी कविता कुमारी बनेर नागरिकता लिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई सात दिनको म्याद थमाई नागरिकता सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here