प्रस, वीरगंज, १३ साउन/

जनताको सरकारी अस्पतालको रूपमा चिनिने नारायणी अस्पताल वीरगंजले बिरामीहरूलाई दुःख दिने गरेको छ । नारायणी अस्पतालको प्रयोगशालाले रगत, पिसाब, दिसालगायत विभिन्न खाले रिपोर्ट भोलिपल्ट दिंदा बिरामीहरूले सास्ती खेप्नुपरेको छ ।

पर्साको पूर्वी क्षेत्र वीरगंजमा रहेको अस्पतालमा १४ वटा पालिकाका सयौं बिरामी चर्को भाडा तिरेर आउँछन् तर त्यसै दिन रिपोर्ट हातमा नपर्दा उनीहरूले दोस्रो दिन पनि वीरगंज आउनुपर्ने बाध्यता छ ।

पर्सा मुडलीकी बबितादेवीले बसबाट अस्पताल आएको र एक दिनमा रिपोर्ट नपाएपछि निराश भएर घर फर्किनुपरेको समस्या सुनाइन् । त्यसैगरी पोखरियाका सुरेशसाह कानूले पनि रिपोर्टमा ढिलाइ भएकोले चिकित्सकले औषधि नलेखेको र खाली हात घर फर्कनुपरेको दुःखेसो पोखे ।

नारायणी अस्पतालका कर्मचारीका अनुसार अहिले दैनिक डेढ सयदेखि दुई सय बिरामीहरू बहिरङ्ग सेवा लिन आइरहेकाले समस्या भएको बताए । उनले प्रयोगशालामा काम गर्ने कर्मचारी कम भएकाले पनि रिपोर्ट दिन ढिलाइ भइरहेको बताए ।

पाँचजना सङ्क्रमित पुष्टि

नारायणी अस्पताल पिसिआर परीक्षणबाट बुधवार पाँचजना कोरोना सङ्क्रमित पुष्टि भएका छन्।
नारायणी अस्पतालको पिसिआर ल्याबमा ७६ जनाको स्वाब नमूना सङ्गलन गरी परीक्षण गरिएकोमा पाँचजनामा पोजिटिभ देखिएको अस्पतालका कोरोना संयोजक डा उदयनारायण सिंहले बताए ।

पाँचजना सङ्क्रमित पर्साका हुन् र उनीहरूको उमेर ५ देखि ३४ वर्ष रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here