प्रस, वीरगंज, १३ साउन/

प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय, वीरगंज लाइसेन्स शाखाले सेवाग्राहीलाई दुःख दिने गरेको छ ।

लाइसेन्सको परीक्षामा लिखित र प्रयोगात्मक परीक्षा पास गरे तापनि एक वर्षसम्म पनि लाइसेन्स नपाएको सेवाग्राहीको गुनासो छ । परीक्षा पास भएको एक वर्ष बित्दा पनि लाइसेन्स नपाउँदा सवारी सञ्चालनमा पनि उनीहरूले निकै सास्ती र ठाउँ–ठाउँमा ट्राफिक प्रहरीबाट चेकजाँच गर्दा दुःख भोग्नुपरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

सेवाग्राहीका अनुसार लाइसेन्स पास आउट भएर र रसीद काटिसकेको र कुनै बेला त्यो रसीद गोजीमा नहुँदा ट्राफिक प्रहरीले रु ५ सय जरिवाना लिने गरेको बताइएको छ ।

यस विषयमा यातायात व्यवस्था कार्यालय, वीरगंज लाइसेन्स शाखाले पुरानो करीब २५ हजार लाइसेन्स छाप्न बाँकी रहेको बताएको छ ।

कार्यालयका कर्मचारीका अनुसार छापिएर आएको ५ हजार लाइसेन्स निषेधाज्ञा खुकुलो भएपछि वितरण भइरहेको र छाप्न बाँकी लाइसेन्सको लागि पटक–पटक विभागलाई पत्राचार र ताकेता गर्दा पनि छपाइ भइरहेको छैन ।

एकजना अधिकृतका अनुसार विभागको लाइसेन्स छाप्ने मेशीनले नियमित काम नगर्ने र केही मेशीन बिग्रेकोले छपाइ हुन नसकेको जवाफ पाउने गरेको बताउँछन् ।

त्यसैगरी लाइसेन्स शाखाको गत वैशाख दोस्रो सातादेखि गर्न भनिएको ट्रायल परीक्ष्Fा पनि रोकिएको छ । यातायात व्यवस्था विभागले चालू आवको लागि नयाँ नीति नियम र मापदण्डबाट ट्रायल परीक्षा दिनुपर्ने भएकोले त्यसको तयारी भइरहेको कर्मचारीहरू बताउँछन् ।

ट्रायल परीक्षा गर्ने थलो भेहिकल एन्ड सोल्युशन प्रालिसँग चालू आवमा सम्झौता नवीकरण नभएकोले पनि नयाँ मापदण्डमा लाइसेन्सको ट्रायल हुन सकिरहेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here