संयुक्त राष्ट्रसङ्घ, १४ साउन/सिन्ह्वा
संयुक्त राष्ट्रसङ्घले डारफोरमा रहेको मिशनबाट शान्ति सैनिक फिर्ता भएको जनाएको छ । सो कुराको जानकारी डारफोरमा रहेको संयुक्त राष्ट्रसङ्घ मिशनका लजिस्टिक प्रमुखले दिएका हुन् ।
डारफोरमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिशनका लजिस्टिक प्रमुख अतुल खारेले मङ्गलवार सो जानकारी दिएका हुन् । उनले दक्षिण सुडानको डारफोरमा रहेको मिशनका सदस्यहरू हटेको जानकारी दिए ।
उनका अनुसार सो मिशनमा रहेका शान्ति सैन्य र अरू सबै कर्मचारी पनि त्यहाँबाट हटेको बताइएको छ । गएको १३ वर्षदेखि जारी हिंसाबाट त्यहाँका नागरिकलाई बचाउन संयुक्त राष्ट्रसङ्घीय मिशन शुरू भएको थियो ।
सो मिशनको अन्तिम समय सन् २०२० को डिसेम्बर ३१ सम्म मात्र थियो । तर हिंसा जारी नै रहेको हुँदा मिशन जारी रहेको थियो । तर मङ्गलवारदेखि मिशनका सबै सैनिक र कर्मचारी फिर्ता भएका छन् ।
जून ३० मा त्यहाँबाट ६ हजार प्रहरी र सैनिक फिर्ता भएका थिए । बाँकी शान्ति सैनिक, प्रहरी र अन्य कर्मचारीले पनि सुडान छोडिसकेका छन् । रासस