सोल १३ साउन/सिन्हवा

कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड–१९ का सङ्क्रमितहरू दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमितहरूको सङ्ख्या बढेर हरेक दिन नयाँनयाँ रेकर्डमा पुगेको देखिएको छ । यहाँ गएको २४ घण्टामा पनि अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।

यहाँका अधिकारीहरूले मङ्गलवार १ हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमितहरू पाइएको बताएको समाचारमा जनाइएको छ । यो सङ्ख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारी अनुसार यहाँ गएको २४ घण्टा यताको तथ्याङ्क हेर्दा कोभिड–१९ का सङ्क्रमितहरू एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्यामा भेटिएका हुन् ।

दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचार अनुसार थपिएको यो सङ्ख्यासँगै सङ्क्रमितको सङ्ख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारी अनुसार गएको २४ घण्टा यता यति धेरै सङ्क्रमित थपिएका हुन् ।

दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारी अनुसार यहाँ गएको छ महीनापछि एकैपटक यति धेरै सङ्ख्याका सङ्क्रमित पहिलोपटक देखिएका हुन् ।

यहाँका अधिकारीहरूले दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको दुर्ई हप्ता अघि नै बताएका थिए । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न कडाइ गरेको छ । अधिकारीहरूले यही जुलाई १ देखि देशैभर देखिएको सङ्क्रमितको सङ्ख्या देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला महीनाको तुलनामा सङ्क्रमितहरू कम्तीमा पनि ५८ प्रतिशत बढेका छन् ।

कोरिया सरकारले यहाँ कोरोना विरुद्ध खोप अभियानलाई व्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि खोप अभियान झन् तीव्र बनाइएको समाचार प्रेषण गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here