प्रस, वीरगंज, १२ साउन/

भारतको झारखण्डस्थित राजकीय छऊ कला केन्द्रले नेपाल पत्रकार महासङ्घ, पर्साको टोलीलाई स्वागत तथा सम्मान गरेको छ ।

कला केन्द्रका निर्देशक तपन पटनायरले मङ्गलवार महासङ्घ पर्साको टोलीलाई स्वागत तथा सम्मान गरेको हो ।

टोलीमा महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, सचिव भूषण यादव, सहसचिव जीतेन्द्र साह, कोषाध्यक्ष सञ्जीव मिश्र, सदस्य तिवारी यादव, श्याम कुशवाहा, राष्ट्रिय परिषद् सदस्य विजय कुशवाहा र प्रदेश परिषद् सदस्य प्रकाश तिवारी छन् ।

सो अवसरमा झारखण्ड प्रान्तको सरायकेला खर्सहवास्थित राजकीय कला केन्द्रको प्रदर्शनी कक्षबारे पटनायरले जानकारी गराएका थिए ।

सम्मानको क्रममा निर्देशक पटनायरले महासङ्घका पदाधिकारीहरूलाई छऊ कलाको मुखौटा प्रदान गरे । सो अवसरमा झारखण्डको सांस्कृतिक कला छऊ नृत्य प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रेस क्लब सरायकेला खरसहवाका अध्यक्ष मनमोहन सिंह र प्रेस क्लबका पदाधिकारी सदस्यहरूको सहभागिता रहेको टोलीमा सहभागी महासङ्घका सचिव यादवले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here