प्रस, परवानीपुर, १२ साउन/

पर्सा प्रहरीको मिलेमतोमा वीरगंजमा अवैध घरेलु मदिरा भित्रिने गरेको छ । प्रहरी चौकी मिलनचोक, परवानीपुर, अस्थायी प्रहरी पोस्ट गण्डक र वडा प्रहरी कार्यालय श्रीपुरको मिलेमतोमा अवैध घरेलु मदिरा वीरगंज आउने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

पर्सागढी नगरपालिकाको झबराहामा उत्पादित घरेलु मदिरा साइकल, मोटरसाइकलबाट वीरगंजसम्म पुग्छ भने अमलेखगंज, हेटौंडाको मदिरा बस, ट्रक र ट्याङ्करबाट वीरगंज आउने गरेको छ । मदिरा बनाउने र ओसारपसार गर्ने कारोबारीसँग प्रहरी बिटका इन्चार्जले मासिक रु ३ हजारदेखि ५ हजारसम्मलिने गरेका छन् ।

वीरगंज महानगर–२१ परवानीपुरका मनोज कुशवाहाका अनुसार झबराहाबाट सबैयाको जङ्गल, मिलनचोक, लालपर्सा, पटेलनगर भई मदिरा वीरगंज आउँछ भने वीरगंज–पथलैया सडकखण्डमा चल्ने गाडीमा प्लास्टिकको पोका र ग्यालेनमा मदिराको ओसारअसार हुने गरेको छ ।

निषेधाज्ञा खुकुलो भएपछि राजमार्गमा गाडीहरू चल्ने गरेको र सोही सवारी साधनबाट मदिरा ओसारपसार हुने गरेको प्रत्यक्षदर्शी बताउँछन् । झबराहाबाट दैनिक दर्जनौ साइकलमा सयौं लिटर मदिरा लालपर्सा, परवानीपुर बजार, पटेलनगर, गण्डक, राधेमाई, श्रीपुर, मुर्ली, वीरगंजको मीना बजारलगायत क्षेत्रमा पुग्ने गरेको छ । यी सबै कार्यमा प्रहरीको मिलोमतो हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here