राजु विश्वकर्मा, लहान, १२ साउन/रासस

सिरहामा बर्सेनि रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड, लहानमा बर्सेनि डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रासायनिक मलको बिक्री वितरण बढेको हो ।

एकातिर सिरहामा रासायनिक मलको माग बढ्दै गएको छ भने अर्काेतिर जिल्लामा रासायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनीमा मलको आपूर्ति घट्दै गएकोले किसान समस्यामा परेका हुन् ।

आर्थिक वर्ष २०७६–०७७ को तुलनामा गत आर्थिक वर्षमा ३२ हजार ५०० बोरा डिएपी र छ हजार ४४० बोरा युरिया मलको आपूर्ति कम भएको हो । आर्थिक वर्ष २०७६–०७७ मा ९२ हजार ६८३ बोरा डिएपी र ८४ हजार ९६० बोरा युरिया मल आपूर्ति भएकोमा गत आर्थिक वर्षमा ६० हजार १८३ बोरा डिएपी र ७८ हजार ५२० बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी, लहानका प्रमुख मणिराज पौडेलले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा २३ हजार ७७ बोरा युरिया र दुर्ई हजार ४०० बोरा डिएपी मल आपूर्ति भएकोमा आव २०७४–०७५ मा २६ हजार ७८८ बोरा युरिया र आठ हजार ५४९ बोरा डिएपी मल आपूर्ति भएको थियो । माग अनुसार आपूर्ति हुन नसक्दा जिल्लामा मलको हाहाकार हुने गरेको छ ।

त्यस्तै आव २०७३–०७४ मा ९५ हजार ३२० बोरा डिएपी मल र ९८ हजार ७०५ बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी, लहानले जनाएको छ । सिरहामा साउन महीनामा मात्र ३० हजार बोरा युरिया र त्यतिकै परिमाणमा डिएपी मल चाहिएकोमा हाल १५ हजार ८८५ बोरा युरिया र दुर्ई हजार ८०० बोरा डिएपी मल आपूर्ति भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट सो परिमाणको मल प्राप्त भएपछि कोटा निर्धारण गरेर हिजोदेखि सिरहाका स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरहरूमार्पmत किसानलाई वितरण गर्न थालिएको छ । “हामीलाई गत शुक्रवार १५ हजार ८८५ बोरा युरिया र दुर्ई हजार ८०० बोरा डिएपी मल मात्र प्राप्त भएको छ”–कार्यालय प्रमुख पौडलले भने–“मल आउने बित्तिकै बिक्री वितरण शुरू गरेका छौं ।”

बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखादको कोटा निर्धारण गरी सिफारिशका आधारमा सहकारी संस्थाका डिलरहरूमार्पmत मलखाद वितरण शुरू गरेको उनको भनाइ छ ।

डिएपी र युरिया मलको माग बढेकोले आपूर्तिका लागि पटकपटक केन्द्रमा पत्राचार गरे पनि आपूर्ति बर्सेनि घट्दै गएकोले समस्यामा परेको प्रमुख पौडेलले बताए ।

डिएपी र युरिया मलको बर्सेनि आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले झन्डै आधा मूल्य बराबरको रासायनिक मल मात्र बिक्री गरेको छ ।

आर्थिक वर्ष २०७६–०७७ मा रु २७ करोड ४३ लाख ७३ हजार ३४ मूल्य बराबरको मलखाद बिक्री गरेको कृषि सामग्री कम्पनी, लहानले गत आर्थिक वर्षमा रु १९ करोड ६५ लाख ६३ हजार ३१४ मूल्य बराबरको मात्र रासायनिक मल बिक्री गरेको कार्यालयका लेखाप्रमुख नारायण खड्काले जानकारी दिए ।

सिरहामा कृषि सामग्री कम्पनी र साल्ट्र टेड्रिङ कम्पनीले गाउँँगाउँँमा सहकारी संस्थामार्पmत र सहकारी नभएको गाउँँमा स्थानीय तहको सिफारिशमा मलखाद बिक्री वितरण गर्दै आएको छ ।

धान रोपाइँ गर्ने बेला भएकोले युरिया र डिएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमा नाकामा भएको कडाइलगायत कारणले सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडलको भनाइ छ ।

डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखादको समस्या भइरहेको नेपाल कृषक महासङ्घ प्रदेश नं २ का अध्यक्ष मुक्ति यादवले बताए । माग अनुसार आपूर्ति हुन नसक्दा यहाँका किसानहरू मलका लागि डिलरहरूकहाँ चहार्ने गरेको तर सहजरूपमा मल पाउने अवस्था नरहेको उनको भनाइ छ ।

सिरहामा यस वर्ष कुल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ९५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र राजविराज, सप्तरीले जनाएको छ । अधिकांश खेतीयोग्य जग्गामा धान रोपाइँ भए पनि समयमा मलखाद नपाउँदा किसान मारमा परेका छन् ।

धानमा मल हाल्ने बेला हुँदासमेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा व्यवसायीबाट खरीद गर्नुपरेको बताएका छन् । “धानमा मल राख्ने बेला भयो, डीएपी बजारमा पाइँदैन”–किसान राजकिशोर यादवले भने–“मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ ।” उनले गाउँँमा सहकारीले मल वितरण गरे पनि माग अनुसार आपूर्ति गर्न नसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here