प्रस, सिम्रौनगढ, ११ साउन/
सीमावर्ती भारतको घोडासहन नजीकै पर्ने पुरनिया रेलवे ढालामा रेलले काटिएर एकजना युवकको मृत्यु भएको छ । स्थानीय पुरैनिया गाउँका डा रामराज प्रसादको २८ वर्षीय छोरा सौरभ कुमारको रेलले काटेर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
सोमवार बिहान सौरभ कानमा एयरफोन लगाएर लापरवाहीपूर्वक रेलवे ट्र्याकमा हिंडिरहदा सीतामढीबाट आइरहेको कामाख्या सुपरफास्ट एक्सप्रेस रेलको ठक्करबाट उनको मृत्यु भएको घोडासहनका राहुल कुमारले जानकारी गराएका छन् ।