बेइजिङ ११ साउन\सिन्हवा
कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमित भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतवार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिशनले शनिवार जानकारी दिएको छ । ती सङ्क्रमितहरू चीन भित्रैबाट सङ्क्रमणमा परेका बताइएको छ ।
चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रहरूमा विगतका केही दिनदेखि निरन्तर नयाँ–नयाँ सङ्क्रमित देखिने गरेका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरूले जनाएका छन् । आइतवार मात्र चीनमा कोरोना भाइरसका यी सङ्क्रमित भित्रैबाट देखिएका र अरू ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ ।
चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरूले जनाएका छन् । स्थानीय नागरिकमैं सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिशनले चिन्ता व्यक्त गरेको छ । सोही कारण चीनले पछिल्लो समय कोरोना परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकहरूको पुनः स्वास्थ्य जाँच शुरू गरेको छ । यहाँ पछिल्ला हप्ताहरूमा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि सङ्क्रमित देखिएका छन् ।
त्यसैले चीनले विशेषगरी ती क्षेत्रहरूमा निको भएका बिरामीमाथि पनि नजर राख्न थालेको छ र उनीहरूको पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महीना यतादेखि थालनी गरेको जनाएको छ । रासस