प्रस, बिरूवागुठी, ११ साउन/
पर्सागढी नगरपालिका अन्तर्गतका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूले परीक्षा आवेदन फारामबापतको रकम बुझाउनुपरेको छ ।
साउन १२ गतेसम्मको समय सीमा दिएर विद्यालयले परीक्षा शुल्क रू ६ सय बुझाउन आग्रह गरेको छ । तर विद्यार्थीहरूले भने सो परीक्षा शुल्क यसअघि नै रजिष्टे«शन शुल्कसँगै बुझाइसकेको दावी गरेका छन् । एकपटक बुझाइसकेको शुल्क पुनः बुझाउन भनिएपछि विद्यार्थीहरू आक्रोशित भएका थिए ।
पर्सागढी नगरपालिकामा रहेको नेरामावि बर्वाटाँडी र जनता मावि पकडिया बडनिहारमा अध्ययनरत विद्यार्थीहरूले आफूहरूसँग दोहोरो शुल्क मागिएको बताए । उनीहरूले यसअघि नै बुझाइसकेको शुल्क पुनः माग गर्नु गलत भएको बताएका छन् ।
नेपाल शिक्षक महासङ्घ, पर्सागढीका अध्यक्ष तथा नेरामावि बर्वाटाडीका प्रअ रामबहादुर चौधरी विद्यार्थीहरूसँग दोहोरो शुल्क लिनुपरेको स्वीकार्छन् । उनले शुरूमा लिएको शुल्क परीक्षा बोर्डमा बुझाएको तर अहिले आएर परीक्षा बोर्डले परीक्षाको तयारीसँगै प्रश्नपत्र विद्यालयले छाप्नुपर्ने बाध्यकारी अवस्था सृजना गरेपछि परीक्षा आवेदन शुल्क माग गरिएको बताए । उनले परीक्ष्Fा बोर्डले यसअघि बुझेको रकम फिर्ता गरेको खण्डमा विद्यार्थीहरूलाई फिर्ता गरिने बताएका छन् ।