नितेश कर्ण/राजेश केशरीवाल, ८ साउन/

रक्सौल कस्टमले नेपाली नम्बरको दुई ट्रकबाट लाखौं मूल्यबराबरको विदेशी वेल्डिङ रड र भारतीय कपडासहित चालक र सहचालकलाई पक्राउ गरेको छ ।

वीरगंजबाट रक्सौल जाने क्रममा प्रदेश २–०३–००१ ख २३१८ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा सोमा लुकाएर राखिएको वेल्डिङ रड बरामद भएको रक्सौल कस्टमले जनाएको छ ।

कस्टम उपायुक्त आशुतोषकुमार सिंहको सूचनाको आधारमा हेड हवल्दार सहदेव चौधरी र हवल्दार केशव प्रसादले ट्रक रोकेर चेकजाँच गरेका र ट्रकभित्र बोरामा लुकाइएको २२५ कार्टुन विदेशी वेल्डिङ रड बरामद भएको एन्टी स्मगलिङ युनिटका अधीक्षक पिसी झाले बताए । सामानसहित ट्रक र पक्राउ परेका व्यक्तिविरुद्ध कसूर अनुसारको कानूनी प्रक्रिया अगाडि बढाइएको रक्सौल कस्टमले जनाएको छ ।

यसैगरी ना ३ ख ८६ नं.को ट्रकबाट रु ५९ लाख बराबरको कपडा बरामद गरेको छ । सूचनाको आधारमा भारतबाट नेपाल जाने सो ट्रकबाट उक्त परिणामको कपडा बरामद भएको रकसौल कस्टमका उपायुक्त सिंहले बताए । यस सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here