प्रस, वीरगंज, ७ साउन/
अन्तर्राष्ट्रिय कमिशन फर दलित राइट्स अमेरिकाको आर्थिक सहयोग र पिस फर दलित फाउन्डेशन नेपाल प्रदेश २ पर्साको आयोजनामा बाराको कलैया उपमहानगरपालिका–२ दोहरी गाउँका दलित समुदायलाई खाद्यान्न वितरण गरिएको छ ।
लामो समयदेखिको निषेधाज्ञाको कारण दलित समुदाय आर्थिकरूपमा पीडित भएको र उनीहरूको रोजगार पनि गुमेको कारण दलित मजदूरलाई समस्या भएको कुरालाई मध्यनजर गर्दै राहत वितरण गरिएको हो । प्रदेश २ का तीन जिल्लाका अतिप्रभावित गाउँमा खाद्यान्न वितरण गरिएको पिस फर दलित फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले बताए ।
उनले दोहरी गाउँका विपन्न दलित ५६ घरपरिवारलाई प्रतिपरिवार २० किलो चामल, १ किलो नून, डेढ किलो दाल र मास्क सहयोग गरिएको बताएका छन् । दलित अगुवा रामेश्वर रामको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष राजेन्द्रकुमार महतो, योगेन्द्र पासवान, परमानन्द राम, सुरेन्द्र पासवान, संयोग राम, अशोक रामलगायतको सहभागिता थियो ।