Portrait an unknown male doctor holding a stethoscope behind

लन्डन, ७ साउन/एएनआई

बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरूको सेवा सुविधा वृद्धि गरिएको सरकारले बुधवार घोषणा गरेको छ । पछाडिको मिति राखेर गत अप्रिलदेखि लागू हुनेगरी सरकारले सेवा सुविधा वृद्धि गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले स्वास्थ्यकर्मीहरूको तलब तीन प्रतिशत वृद्धि गर्न सिफारिश गरेपछि सरकारले वृद्धि गरिदिएको हो ।

“स्वास्थ्यकर्मीभित्र पारामेडिसिन, नर्स, कन्सल्टेन्ट, डेन्टिस्टलगायत पर्नेछन् । उनीहरूले पनि तलब–वृद्धि सुविधा पाउने भएका छन्”– सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ । बेलायतमा स्वास्थ्य क्षेत्रको सेवा, सुविधा, गुणस्तर, मापदण्ड आदि निर्धारण गर्न स्वतन्त्र निकायको रूपमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)को व्यवस्था गरिएको छ ।

कोरोना भाइरस महामारीविरुद्ध लडाइँमा अग्रपङ्क्तिमा रहेर काम गरेकाले उनीहरूको सेवा सुविधा वृद्धि आवश्यक भएको एनएचएसले निष्कर्ष निकालेको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here