प्रस, सर्लाही, ६ साउन/
सर्लाही जिल्लाको हरिहरपुर नगरपालिकास्थित पोखरीमा डुबेर एक युवकको ज्यान गएको छ । हरिपुर–४ हरैया निवासी ३० वर्षीय भुरकुर माझीको मङ्गलवार राति पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय सार्वजनिक पोखरीमा डुबेर बेपत्ता भएका मुखियाको शव बुधवार बिहान मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता, प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताएका छन् ।
डुबेको रातिदेखि नै खोजतलाश गरिएको भए तापनि फेला पार्न सकेको थिएन । बिहान प्रहरी टोलीले पोखरीको चारैतर्फ जाल हानेर खोजेपछि मात्रै मुखियाको शव फेला परेको हो । उनी पोखरीको डिलमा किन गएका थिए भन्नेबारे यकीन भएको छैन । वर्षात्को कारण पोखरीमा पानी भरिएकोले पनि खोजतलाशमा समस्या भएको प्रहरीको भनाइ छ ।