जोहान्सबर्ग, ६ साउन/सिन्ह्वा
दक्षिण अफ्रिकामा केही दिनयतादेखि मच्चिएको हिंसा र लुटपाटपछि केही दिनदेखि परिस्थिति सामान्य बन्दै गएको यहाँका एक मन्त्रीले बताएका छन् । ती मन्त्रीका अनुसार यसअघि हिंसा र लुटपाट भएका दुई प्रान्तमा अहिले सामान्य अवस्था देखिएको छ र यस्ता हिंसाका घटना भएका छैनन् ।
मन्त्री खुम्बुजो एनटिसाभेनीले मङ्गलवार त्यस्तो लुटपाट हुन नपाएको बताएका हुन् । दक्षिण अफ्रिकाका दुर्ईवटा प्रान्तमा केही दिनयतादेखि हिंसा मच्चिएको छ । ती स्थानमा पसलमा लुटपाट गर्ने र हिंसा मच्चाउने गरिएको थियो । मन्त्री खुम्बुजोले गएको २४ घण्टायता ती दुर्ई प्रान्त काजुलु र गुतेनमा त्यस्तो कुनै हिंसा नभएको मङ्गलवार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
दक्षिण अफ्रिकामा त्यहाँका पूर्वराष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको आरोपमा जेल हालिएको छ । त्यस क्रममा त्यहाँ हिंसा शुरू भएको हो । अहिले भने यहाँको अवस्था सामान्यतर्फ फर्किंदै गरेको र कुनै हिंसात्मक घटना नभएको तथा लुटपाटका कारण बन्द भएका सपिङ मलहरू खुला भएका उनले जानकारी दिए । जुमाका समर्थकहरूले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन पनि गरेका थिए । हिंसा प्रभावित प्रान्तमा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ । रासस