सोल, ६ साउन/सिन्ह्वा
कोरोना भाइरस कोभिड–१९ को चौथो लहर देखिएको भनिएको दक्षिण कोरियामा कोभिड–१९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएको बताइएको छ । यहाँका अधिकारीहरूले मङ्गलवार यहाँ धेरैजना कोरोना भाइरसका सङ्क्रमितहरू बढिरहेको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारी अनुसार यहाँ गएको २४ घण्टायताको तथ्याङ्ग हेर्दा कोभिड–१९ का सङ्क्रमितहरू एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्यामा भेटिएका छन् । दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचार अनुसार यहाँ पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमित पाइएको बताइएको छ ।
यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारी अनुसार गएको २४ घण्टायता मात्र एक हजार ७८४ जना कोभिडका सङ्क्रमितहरू भेटिएका हुन् । दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारी अनुसार यहाँ गएको छ महीनापछि एकैपटक यतिधेरै सङ्ख्याका सङ्क्रमित पहिलोपटक देखिएका हुन् ।
यहाँका अधिकारीहरूले दक्षिण कोरियामा गएको हप्तादेखि निरन्तररूपमा सङ्क्रमितहरू बढ्दै गएको पनि बताएका हुन् । उनीहरूका अनुसार दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो लहरमा प्रवेश गरेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरू अपनाउने काममा कडाइ गरेको छ ।
योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको सङ्ख्या १ लाख ८२ हजार ७२२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि कोभिडका सङ्क्रमितहरूको सङ्ख्या बढ्दो देखिएको हो । अधिकारीहरूले यही जुलाई १ देखि देशैभर देखिएको सङ्क्रमितको सङ्ख्या देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरू कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् ।
यसरी प्रत्येक दिन सङ्ख्या बढ्दै गएका कारण पनि दुर्ई हप्ताअघि नै यहाँका स्वास्थ्य अधिकारीहरूले दक्षिण कोरिया कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए । मङ्गलवार देखिएका यी सङ्क्रमतिहरूमा आधाभन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ ।
कोरिया सरकारले यहाँ कोरोनाविरुद्धको खोपको अभियानलाई व्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।