नदीले बाँध कटान गर्न थालेपछि रोकथामका लागि सो क्षेत्रमा भेला भएका सुरक्षाकर्मी र स्थानीय बासिन्दा । तस्वीरः प्रतीक

प्रस, जनकपुरधाम, ५ साउन/

लगातारको वर्षासँगै आएको बाढीको कारण कमला नदीले कटान शुरू गरेको छ । धनुषाको सबैला नगरपालिका वडा नं १३ मा मङ्गलवार बिहानैदेखि कटान शुरू गरेको छ ।

नदी कटान शुरू भएपछि उक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । कमला नदीले किरतपुरस्थित बाँधमा लगातार क्षति पु¥याइरहेको छ । सोही क्रम जारी रहेमा बाँध भत्किन सक्ने र त्यसले ठूलो क्षति पु¥याउने भएकोले कटान रोकथामका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । नदीको पश्चिमतर्फको बाँधमा सोमवार रातिदेखि कटान शुरू गरेको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ ।

नदीमा आएको बाढीले तटबन्धका अधिकांश भाग कटान गरिसकेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिएका छन् । कटान हुन थालेको सूचना पाएलगत्तै रोकथामका लागि सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाएको प्रजिअ बाँस्तोलाले बताए ।

जिल्लाका सुरक्षा प्रमुखहरूसहित कटान क्षेत्रमा पुगेका प्रजिअ बाँस्तोलाले हाल अस्थायीरूपले काम शुरू गरिए पनि अझै ठूलो वर्षा भएमा तटबन्ध कटानलाई रोक्न नसकिने बताए । सो सम्बन्धमा केन्द्र र प्रदेश सरकारलाई समेत जानकारी गराइसकेको भन्दै उनले नदीको सतह घट्दै गएमा समस्या नहुने बताए ।

बाढीले नदी तटबन्ध कटान गर्न थालेपछि असर पर्न सक्ने क्षेत्र सबैला, शहीद र कमला नगरपालिका तथा जनकनन्दनी गाउँपालिका क्षेत्रका बासिन्दाहरू त्रसित बनेका छन् । तटबन्ध फुटेमा सो क्षेत्रका अधिकांश गाउँ डुबानमा पर्न सक्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here