लन्डन/सिन्ह्वा

बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरू देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरू बढेका छन् । दुर्ई महीनाअघिदेखि निकै शक्तिशालीरूपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’ को सङ्क्रमण बेलायतमा हाल तीव्ररूपमा बढ्न थालेको बताइएको छ ।

यहाँ गएको २४ घण्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएका प्राप्त समाचारमा जनाइएको छ । योसमेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ५४ लाख ३३ हजार पुगेको पनि समाचारमा जनाइएको छ । साथै गएको २४ घण्टाभित्र यस सङ्क्रमणबाट २५ जनाको निधन भएको छ । योसमेत गरी बेलायतमा कोरोनाको सङ्क्रमणबाट निधन हुने व्यक्तिको सङ्ख्या १ लाख २८ हजारभन्दा बढी पुगेको बताइएको छ ।

बेलायतमा पछिल्लो समयमा यसको सङ्क्रमण बढेको तथ्याङ्कले देखाएको छ । बेलायतमा पछिल्लो समयमा ‘इन्डियन कोभिड भेरियन्ट’को सङ्क्रमण फैलिएको बताइएको छ । यो भेरियन्ट पहिलाको तुलनामा बढी सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन् ।

बेलायतमा ८ प्रतिशत वयस्कले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरू ६ प्रतिशतले दोस्रो मात्रा नै लिएका बताइएको छ । बेलायतका स्वास्थ्यमन्त्रीले यो खोपको वितरण कार्यलाई प्राथमिकतामा राखिएको बताएका छन् । बेलायतमा खोप लगाउने कामलाई निकै प्राथमिकतामा राखिएको भएपनि यहाँ सङ्क्रमितहरू थपिने क्रम भने रोकिएको छैन । पछिल्ला हप्ताहरूमा मृत्युदर भने कम भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here