नयाँ दिल्ली, ४ साउन/सिन्ह्वा

भारतको उत्तर प्रदेशमा सोमवार बिहानै भएको सडक दुर्घटनामा परी सातजनाको ज्यान गएको छ । उत्तर प्रदेशको प्रहरीले सोमवार बिहानै भएको सो दुर्घटनाका कारण सातजनाको ज्यान गएको र अरू १० जना घाइते भएका बताएको छ ।

भारतीय उत्तर प्रदेश राज्यको साम्बाल क्षेत्रमा सो दुर्घटना भएको थियो । विपरीत दिशाबाट आइरहेका बस एकापसमा जुध्दा सो दुर्घटना हुन पुगेको थियो ।

आपसमा ठोकिएकामध्येको एक बस विवाह समारोहमा पुगेर फर्किरहेको थियो । सोही बसमा रहेका सातजनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

पाकिस्तानमा २७ जनाको मृत्यु, ३० जना घाइते

इस्लामाबाद/सिन्ह्वा

पाकिस्तानमा सोमवार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

देशको पञ्जाब प्रान्त अन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपासनजीकै भएको घटनाका कारण अरू ३० जना घाइतेसमेत भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

तीव्र गतिमा आएको बस ट्रेलरको पछिल्लो भागसँग ठोक्किंदा दुर्घटना भएको घटनास्थलमा पुगेका प्रहरीहरूले जनाएका छन् । घटनाका बारेमा थाहा पाउनासाथ प्रहरी र उद्धारकर्ताहरू घटनास्थलमा पुगेका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

घाइतेहरूलाई नजीकैका अस्पतालहरूमा भर्ना गरेर उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here