राजेश केशरीवाल, रक्सौल, ३ साउन/

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले आह्वान गरेको विरोध कार्यक्रम रक्सौलमा पनि गरिएको छ ।

बढ्दो महँगीसँगै खस्कँदो अर्थव्यवस्थाविरुद्ध नेता यादवले आह्वान गरेको विरोध प्रदर्शन कोइरिया टोला रक्सौलमा प्रखण्ड अध्यक्ष सैफुल आजमको अध्यक्ष्Fतामा सम्पन्न भएको थियो।

विरोध कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र बिहारका मुख्यमन्त्री नितीशकुमारविरुद्ध मुर्दाबादको नारा लगाइएको थियो ।

विरोध कार्यक्रममा नेता आजमले युपिए सरकारमा पेट्रोल ६० भारु, एलपी ग्यास ४ सय भारु सिलिन्डर, खानेतेल ८० भारु हुँदा मूल्यवृद्धि भएको भनी विरोध गर्ने भाजपाका नेताहरू अहिले दुई गुणा महँगी बढ्दा कुन दुलोमा पसेका छन् भनी प्रश्न गरे । उनले महँगी नियन्त्रण नहुन्जेलसम्म आन्दोलन जारी रहने बताए ।

प्रदेश महासचिव फक्रुद्दीन आलमले बढ्दो महँगीको दोषी प्रधानमन्त्री मोदी भएको आरोप लगाउँदै राजीनामा माग गरे ।

विरोध कार्यक्रममा मदनप्रसाद गुप्ता, अबरार अन्सारी, मुकेश गुप्ता, दिनेश राम, रविकुमार, नसीर आलम, प्रदीप रञ्जन, अखिलेश गुप्ता, सेराज गाँधीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here