प्रस, बिरुवागुठी, ३ साउन/

जनता माध्यमिक विद्यालय पकडिया बढनिहारद्वारा विद्यालय गुणस्तर सुधार योजना (दोस्रो) कार्यशाला गोष्ठी आइतवार सम्पन्न भएको छ ।

व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना–२ को सहयोग र जनता माध्यमिक विद्यालय पकडिया बडनिहारको आयोजनामा विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा सञ्चालनमा रहेको विद्यालयमा गुणस्तर सुधार योजना कार्यक्रम अन्तर्गत दोस्रो किस्ताबापत आएको रकम ४२ लाखको कार्ययोजना विषयमा स्थानीय सरोकारवालाहरूसँग छलफल गराइएको थियो ।

पर्सागढी नपाका वडाध्यक्ष उद्धवबहादुर उप्रेतीको प्रमुख आतिथ्य र प्रधानाध्यापक मोहनप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गोकर्ण पाठक, पूर्वप्रअ अरुणलाल कर्ण, विद्यालयका संस्थापक ब्रह्मदेव महतो, श्यामलाल चौधरी, सुकमान तामाङ, वडासदस्य अरुण रेग्मी, रामजीवन खाँ थारूलगायतको सहभागिता थियो ।

कार्यक्रमको सहजीकरण शिक्षक राजन गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here