प्रस, पर्सागढी, २ साउन/
इन्टरनेशनल कमिशन फर दलित राइट्स अमेरिकाको आर्थिक सहयोग र पिस फर दलित फाउन्डेशन नेपालको आयोजनामा पर्सागढी नगरपालिका–७ फूलवरियास्थित दलित समुदायलाई खाद्यान्न वितरण गरिएको छ ।
कोभिड महामारीबाट प्रभावित गरीब, दलित, मजदूर र श्रमिकहरूलाई लक्षित गरी खाद्यान्न वितरण गरिएको फाउन्डेशनले जनाएको छ । लकडाउन खुले पनि अहिले दलित, मजदूरहरूको दैनिकी सामान्य नभइसकेकोले सहयोगको आवश्यकता परेको हो ।
फूलवरियास्थित विपन्न र दलित समुदायका ५४ घरपरिवारलाई खाद्यान्न राहत सहयोग गरिएको छ । प्रतिपरिवार २० किलो चामल, १ किलो नून, १.५ किलो दाल र मास्क प्रदान गरिएको दलित अगुवा जिरजोधन पासवानले बताए ।
कार्यक्रममा दलित महिला सदस्य निर्मलादेवी पटेलको मुख्य आतिथ्य थियो । कार्यक्रमको सहजीकरण पिस फर दलित फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले गरेका थिए ।