प्रस, गरुडा, २ साउन/
नेपाली काङ्ग्रेसको जिल्ला तहका एकजना नेताको निधन भएको छ । रौतहटको वृन्दावन नगरपालिका–८ बहुअरी स्थायी घर भएका रामाज्ञा राय यादवको उपचारको क्रममा भरतपुरमा निधन भएको हो ।
गत निर्वाचनमा रौतहट क्षेत्र नं ४ ‘ख’का लागि प्रदेशसभा सदस्यको उम्मेदवार रहेका यादव नेकाको क्षेत्रीय सभापति पदमा पनि लामो समय रहेका थिए ।
यादवलाई रक्त क्यान्सर रहेको पारिवारिक स्रोतले जनाएको छ । भारतको दिल्ली, वीरगंज र काठमाडौंमा गत तीन वर्षदेखि उपचार गराइरहेका यादवको उपचारकै क्रममा भरतपुरमा निधन भएको हो ।
नेता यादवको निधनप्रति नेपाली काङ्ग्रेसका विभिन्न तहका नेता तथा भ्रातृ सङ्गठनका नेता र सदस्यहरूले श्रद्धाञ्जलि दिएका छन् । नेता यादवको अल्पायुमा भएको निधनले पार्टीलाई ठूलो क्षति पुगेको नेपाली काङ्ग्रेसका नेताहरूले बताएका छन् ।