प्रस, वीरगंज, १ साउन/
वीरगंज महानगर–१५ नेशनल मेडिकल कलेजनजीकै निर्माणाधीन घरमा जुवा खेलिरहेका सातजनालाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
जुवा खालबाट एक लाख ५८ हजार नगदसहित वीरगंज–६ का श्यामबाबू सोनार, वीरगंज–३ का अली असगर अन्सारी, महागढी नगरपालिका–१० का धीरेन्द्रप्रसाद जैसवाल, गौर नपा–१ का रमेश चौधरी, वीरगंज–१५ का सुनील सर्राफ, वीरगंज–१६ का भगवान महतो र भारत बिहार रक्सौलका रामबाबू सोनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सातैजनालाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकताविरुद्ध कसूरमा मुद्दा चलाइएको जिप्रका, पर्साले जनाएको छ ।