कङ्कालीमाई मन्दिरमा नाग दुलरुवाको पूजा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सिम्रौनगढ, १३ भदौ/
    सिम्रौनगढ नगरपालिकामा रहेको कङ्कालीमाई मन्दिरमा शनिवार नाग दुलरुवाको पूजा महिलाहरूले धूमधामका साथ गरेका छन्।
    लकडाउन र निषेधाज्ञाको कारण मठमन्दिरमा पूजा गर्न निषेध गरिएको बेला आज पहिलोचोटि महिलाहरूले कङ्कालीमाई मन्दिरमा भीड गरेर पूजा गरेका छन्। भगवानपुर, पटेर्वा रूपैलिया, टेढाकट्टी, च्यूटाहाँ, कोतवाली, पिपरपातीलगायतका ठाउँबाट आएका महिलाहरूले कङ्कालीमाई मन्दिरमा रहेको विष्णु, त्रिलोकीनाथ, पार्वती मन्दिर, सातो बहिन, भैरोनाथ, मांसाराम बाबालगायतका देवीदेवताहरूको पूजा गरेका थिए।
    नाग दुलरुवा पूजाको लागि महिलाहरूले टोलटोलमा भीख मागेर मन्दिरमा पूजा गर्ने प्रचलन छ। भदौ महीनामा नाग दुलरुवाको पूजा गरिन्छ। महीनाभरि टोलटोलमा भीख माग्ने र सो भीखलाई मन्दिरमा लगेर चढाउने प्रचलन छ। खासगरी भैंसी, गाईको दूधमा नागजस्तो धर्सो देखिएपछि नाग दुलरुवाको पूजा गर्न पाँचवटा टोलमा भीख मागेर पूजा गर्ने प्रचलन रहेको स्थानीय बुधनी देवीले बताइन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस