प्रस, वीरगंज, ३० असार

वीरगंज महानगरको शैक्षिक गतिविधि सुचारु गर्ने पहललाई प्याब्सन पर्साले निरन्तरता दिएको छ ।

सोही क्रममा बुधवार प्याब्सन पर्साको टोलीले वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीसँग भेटेर विद्यालय सञ्चालनको लागि ध्यानाकर्षण गराएको थियो ।

नगरप्रमुख सरावगीले महानगरपालिका विद्यालय सञ्चालन गर्ने विषयमा सकारात्मक रहेको बताए । उनले महानगरको शिक्ष्Fा महाशाखाले असार १ गतेदेखि भौतिकरूपमा विद्यालय सञ्चालनमा ल्याउने गरी निर्णय गरेको बताए । उनले कक्षा ८ देखि १२ सम्म भौतिकरूपमा उपस्थिति गराएर विद्यालय सञ्चालनमा ल्याउन महानगरले गरेको प्रयास सफल नभएको बताए। उनले शिक्षा मन्त्रालयले मापदण्ड निर्धारण गरेर विद्यालय सञ्चालनको लागि स्वीकृति दिए पनि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म सो सम्बन्धमा स्वीकृति प्रदान नगरेकोले विद्यालय सञ्चालनमा आउन नसकेको बताए ।

प्याब्सनको टोलीले प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको पनि ध्यानाकर्षण गराएको थियो । यसअघि पनि प्याब्सनले प्रजिअलाई लिखित ज्ञापनपत्र बुझाएको थियो । प्रजिअ घिमिरेले स्वास्थ्य मन्त्रालयबाट निर्देशन नआएको कारण विद्यालय सञ्चालनमा कठिनाइ भएको बताए ।

पर्सा जिल्लाको कुनै पनि पालिकामा अहिले वैधरूपमा विद्यालय सञ्चालनमा छैनन् । वीरगंज महानगरमा आठरदश वटा विद्यालय विगत केही दिनदेखि लुकीछिपी सञ्चालनमा रहेको समाचार आएपछि प्याब्सनले सूचना जारी गरेर विद्यालय सञ्चालन गर्नेहरूलाई सोबाट हुने दुर्घटनाको प्याब्सन जिम्मेवार नहुने बताएपछि ती विद्यालयहरू पनि हिजो मङगलवारदेखि बन्द भएका थिए ।

स्रोतका अनुसार केही विद्यालय विनापोशाक बिहान ६ बजेदेखि सञ्चालनमा थिए । प्याब्सनको अनुगमनमा सो कुरा पुष्टि भएपछि प्याब्सनले सूचना जारी गरेको हो ।

बारा जिल्लामा हिजोदेखि निषेधाज्ञा हटाउँदै शैक्षिक गतिविधि सञ्चालनको लागि स्थानीय तहसँग समन्वय गरेर खोल्न पाउने निर्णय भएसँगै प्याब्सन पर्सा पनि जिल्लामा विद्यालय सञ्चालनको लागि तातेको हो ।

पर्सा जिल्लामा १४ वटा पालिकामध्ये वीरगंज महानगरपालिकाले मात्र विद्यालय सञ्चालनको लागि एक महीनाअगावै स्वीकृति दिएको हो । अन्य पालिकाहरू भने मन्त्रिपरिषद्को निर्णय कुरेर बसेका छन् ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूले पढेका कुरा पनि बिर्सन सक्ने र सबैको पहुँच अनलाइन शिक्ष्Fामा नभएको कारण विद्यार्थीहरूमा विभिन्न खाले विकृति मौलाएको भन्दै भौतिकरूपमा विद्यालय सञ्चालनको लागि प्याब्सन पर्साले पहल गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here