नानजिन, ३० असार/सिन्ह्वा

चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमवार एक होटलको भवन भत्किंदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको सङख्या १७ पुगेको बताइएको छ ।

त्यस दुर्घटनामा परी सोमवार मात्र आठजना नागरिकको ज्यान गएको बताइएको थियो । सोमवार अपराह्न भत्किएको सो भवनमा थप नौजना हराइरहेका बताइएको थियो । जियान्सु प्रान्तका अधिकारीहरूले बुधवार उक्त भवनमा परेर हराइरहेकामध्ये थपको ज्यान गएकाले त्यसमा परेर ज्यान गुमाउनेको सङख्या १७ पुगेको बताइएको हो ।

सोमवार अपराह्न सो भवन भत्किंदा त्यसमा रहेका करीब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये आठजनाको निधन भएको र अरू हराइरहेका चिनियाँ अधिकारीहरूले मङगलवार जनाएका थिए ।

त्यसमा च्यापिएकाहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरूले काम गरिरहेका छन् । त्यसैगरी, सो भवन के कति कारणले भत्किएको हो भन्नेबारेमा अनुसन्धान शुरू भएको पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्नेबारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । भवनमा परेकाहरूमध्ये पाँचजनाको सकुशल उद्धार गरिएको बताइएको छ । चिनियाँ अधिकारीहरूले बुधवार बिहान ९ बजे उक्त उद्धार कार्यको अन्त्य भएको बताएका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here