नितेश कर्ण, वीरगंज, २८ असार/
वीरगंज महानगरपालिकाको न्यायिक समितिले चालू आवमा दुईवटा मुद्दा मात्र किनारा लगाएको छ । चालू आवको असार २० गतेसम्म ११ वटा मुद्दा दर्ता भएको र सोमध्ये दुईवटा मुद्दालाई मात्र किनारा लगाएको समितिले जानकारी दिएको छ ।
यसअघि आव २०७६/७७ मा ५८ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये १५ वटा मुद्दा किनारा लगाइएको थियो भने २०७५/७६ मा ७९ वटा मुद्दा दर्ता भएको र ४४ वटा मुद्दा फछ्र्योट भएको तथा २०७४/७५ मा १३१ वटा मुद्दा दर्ता भएकामा ५५ वटा मुद्दा मात्र फछ्र्योट भएका थिए । अहिलेसम्म समितिमा २७९ वटा मुद्दा दर्ता रहेका र सोमध्ये ११६ वटालाई किनारा लगाइएको र १६३ वटा मुद्दा अझै फछ्र्योट हुन बाँकी रहेको समितिले जनाएको छ ।
स्थानीय तह अन्तर्गत न्यायिक समितिले मुद्दाको फछ्र्योट गर्ने भनिएपछि पहिलो आवमा ठूलो सङ्ख्यामा मुद्दा दर्ता भएको थियो तर समितिले पहिलो आवमा मुद्दा फछ्र्योट गर्न ढिला गरेपछि त्यसपछिको अवधिमा निरन्तर मुद्दा दर्ता हुने क्रममा कमी आएको हो ।