प्रस, वीरगंज, २८ असार/

नारायणी अस्पताल वीरगंजको प्रयोगशालाले सोमवार चारजना सङ्क्रमित पुष्टि गरेको छ । अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले सोमवार ७६ जनाको स्वाब नमूना परीक्षण गर्दा बाराका चारजना सङ्क्रमित पुष्टि भएको बताए ।

तीनजना पुरुष र एकजना महिला सङ्क्रमित भएको र उनीहरूको उमेर १९ देखि ६५ वर्ष रहेको बताए । यसैबीच, डा सिंहले नारायणी अस्पतालमा दुईजना सङ्क्रमितले उपचार गराइरहेको जानकारी गराए ।

पछिल्लो चरणमा नारायणी अस्पतालमा सङ्क्रमितहरू घट्दै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here