काठमाडौं, २८ असार/रासस

मनसूनी वायुको प्रभावले अझै तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसूनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक/दुर्ई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् गड्डा नगरकोटीले जानकारी दिए ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुर्ई स्थानमा धेरै भारी वर्षाको सम्भावना औंल्याइएको छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी बुधवार देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । नेपालमा मनसून शुरू हुने औसत मिति जून १३ मानिए पनि यस वर्ष त्यसभन्दा तीन दिनअघि नै शुरू भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here