काठमाडौं, २८ असार/रासस
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सर्वाेच्च अदालतले काङ्ग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदनउपर गरेको फैसलाको स्वागत गरेका छन् ।
उनले सोमवार विज्ञप्तिमार्फत यो फैसलाले लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् ।