संयुक्त राष्ट्रसङ्घ, २८ असार/सिन्ह्वा

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै देशलाई नागरिकको प्रजनन अधिकारको रक्षाको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । विश्व जनसङ्ख्या दिवसको अवसर पारेर उनले सो कुरा बताएका हुन् । हरेक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाउने गरिन्छ ।

उनले विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । त्यस अवसरमा उनले भने– हामीले विश्व जनसङ्ख्या दिवस मनाइरहँदा प्रत्येक नागरिकको प्रजनन अधिकारको रक्षाका लागि पनि सबैतिर आवाज उठाउनुपर्छ ।

अहिले विश्वमा कोरोना भाइरसको महामारी जारी रहेको र यस्तो अवस्थामा आफ्नो पेशा र रोजगार गुमाएका महिलाहरूदेखि दिएर महामारीका कारण भएको लकडाउनका कारण घरैमा बसेका महिलाहरू पनि घरेलु हिंसाको चपेटामा परिरहेको अवस्थाको मध्यनजर गर्दै महिला अधिकारको रक्षाको काममा लाग्न पनि आग्रह गरे ।

यस महामारीका कारण अरू क्षेत्रमा परेको प्रभाव जस्तै महिलाको प्रजनन अधिकारको पनि रक्षा गर्नुपर्नेमा जोड दिंदै उनले विश्व जनसङ्ख्या दिवसका अवसरमा यस विषयमा ध्यान दिन सबैलाई आग्रह गरे । अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा विश्वमा कोभिड–१९ को महामारीका कारण कम्तीमा पनि ४ करोड ७० लाख महिला गरीबीतर्फ धकेलिएका छन् ।

उनीहरूले महामारीका कारण भएको लकडाउन तथा आफ्नो रोजगार गुमाउनुपरेका कारण यस्तो समस्यामा परेका बताए ।
त्यसैगरी, विश्वका विभिन्न देशमा जारी रहेको लकडाउनका कारण विश्वका ठूलो सङ्ख्याका बालिकाहरू विद्यालय जानबाट वञ्चित भएका र उनीहरू अब लकडाउन खुले पनि विद्यालय नजाने अवस्थामा पुगेका पनि राष्ट्रसङ्घीय महासचिव गुटरेसको सो सन्देशमा उल्लेख गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here