प्रस, पर्सागढी, १३ भदौ/
पर्सागढी नगरपालिका–४ स्थित नेरामावि बर्वाछोटैलीको आइसोलेशनमा वडा सर्वदलीय समितिले शनिवार निरीक्षण गरेको छ।
उपप्रमुख अर्चना चौधरीको अगुवाइमा सो आइसोलेशनको अनुगमन गरिएको हो।
सो आइसोलेशनमा १५ जना सङ्क्रमित रहेका छन्। निरीक्षण टोलीमा नेकाका जङ्गबहादुर दास थारू, समाजवादीका शेख खुर्सेद, वडाध्यक्ष समसुद्दीन शाह, ओसियर मियाँलगायतको उपस्थिति थियो।