प्रस, वीरगंज, २७ असार/
नारायणी अस्पताल वीरगंजको प्रयोगशालाले आइतवार ५ जना सङ्क्रमित पुष्टि गरेको छ ।
अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले ९६ जनाको स्वाब परीक्षण गर्दा पर्साका ४ जना र बाराका १ जना गरी ५ जना सङ्क्रमित पुष्टि भएको बताए ।
उनले सङ्क्रमित पुष्टि भएकामा २ जना महिला, ३ जना पुरुष भएको र उनीहरूको उमेर ३८ देखि ६० भएको बताए । यसअघि शनिवार स्वाब सङ्ख्या कम भएर परीक्षण नभएको डा सिंहले जानकारी गराए ।