नयाँ दिल्ली, २७ असार/एएनआई
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप ४१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले आइतवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना सङ्क्रमित भएका छन् ।
सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या चार लाख ५४ हजार ११८ रहेको छ । अहिले सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या कुल सङ्क्रमितहरूको सङ्ख्याको १.४७ प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।
भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या चार लाख आठ हजार ४० पुगेको छ ।
कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भारतमा दुर्ई करोड ९९ लाख ७५ हजार ६४ पुगेको छ । तीमध्ये पछिल्लो एक दिनमा ४५ हजार २५४ जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा कोरोना भाइरसबाट कुल सङ्क्रमितमध्ये अहिलेसम्म ९७.२० प्रतिशत सङ्क्रमणमुक्त भएको पाइएको छ ।