नयाँ दिल्ली, २७ असार/सिन्ह्वा

अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिक नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरूबीच कान्दाहार प्रान्तमा केही दिनयतादेखि तनाव बढेको छ । सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिनदम बागचीले आइतवार यस विषयमा जानकारी दिए । अफगानिस्तानको दक्षिणी कान्दाहार शहरमा तालिबानी लडाकूले कब्जा गर्न थालेको भन्ने समाचार आएपछि भारतले सो शहरमा रहेको आफ्नो नियोगबाट आफ्ना कर्मचारीहरूलाई बाहिर निकालेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिनदम बागचीले भारतले अस्थायीरूपमा यो काम गरेको जानकारी आइतवार दिएका हुन् । भारतले आफ्नो कर्मचारीलाई शनिवार नै सो शहरबाट फिर्ता गरेको थियो । प्रवक्ता बागचीले सो स्थानमा रहेको भारतको कन्सुलेट कार्यालय भने बन्द नगरिएको बताए । आफ्ना कर्मचारीको सुरक्षाका लागि उनीहरूलाई कान्दाहारबाट फिर्ता गरिएको तर कन्सुलेट कार्यालय भने बन्द नगरिएको उनले बताए ।

साथै प्रवक्ता बागचीले भारतीय अधिकारीहरूले अफगानिस्तानमा विकसित सुरक्षा चुनौतीलाई नजीकबाट नियालिरहेको पनि बताए । उनले पछिल्लो समयमा अफगानिस्तानमा विकसित भएको परिस्थिति र त्यहाँको सुरक्षा अवस्थाका बारेमा भारतले नियालेको उनले बताए ।

प्रवक्ता बागचीले भने– “कान्दाहारमा रहेको भारतको कन्सुलेट जनरल कार्यालय बन्द भएको छैन । तत्कालको लागि कान्दाहार शहरनजीकै युद्ध भइरहेकोले भारतीयहरूको सुरक्षाका कारण उनीहरूलाई फिर्ता ल्याइएको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here