काठमाडौं, २७ असार/रासस
कोभिड–१९ विरुद्ध खोपको अभावमा नागरिक तड्पिनु नपर्ने प्रधानमन्त्री केपीशर्मा ओलीले स्पष्ट पारेका छन् । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहमा प्रम ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमितरूपमा खोप आइरहने विश्वास दिलाए ।
प्रम ओलीले भने, “खोप उपलब्ध गराएका छौं, खोप आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जतिसक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँ–नयाँ सम्झौताका लागि प्रयास भइरहेको छ ।” उनले यस वर्षको अन्तिम (सन् २०२१)भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना सार्वजनिक गरे । प्रम ओलीले थपे, “अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो, अब नपाउने स्थिति हामीकहाँ छैन, सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौं ।” उनले स्वास्थ्य क्षेत्रमा उपचारका सुविधा बढाउँदै नेपाली जनताको जीवनरक्षामा सरकार सफल हुने विश्वास व्यक्त गरे ।
कोभिडको तेस्रो/चौथो लहरतर्फ सचेतता
‘जीवन पहिला’ भन्ने नाराका साथ कोभिडविरुद्धको लडाइँ अघि बढाइएको उनले स्मरण गराए । “जनताको जीवन नै सबैभन्दा ठूलो प्राथमिकताको विषय हो, त्यो नै ठूलो सम्पत्ति हो र जीवनको रक्षा सबैभन्दा ठूलो कर्तव्य हो,” प्रम ओलीले भने । उनले स्वास्थ्य सेवाको पर्याप्तता नभएको र साधन स्रोतको न्यूनता रहेको नेपालमा ठूलो सफलताका साथ कोभिड नियन्त्रण गरिएको बताए । कोभिडको तेस्रो/चौथो लहर चल्छ भन्ने कुरा आएको तर्पm सचेत गराउँदै प्रधानमन्त्रीले नागरिकलाई लापरवाही नगरी सजगता अपनाउन आग्रह गरे ।
वीर अस्पताल विविध कारणले सञ्चालन परिचालन र विकास अपेक्षाकृत हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले मानवीय र सेवाभावबाट प्रेरित भएर सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी सेवामा जुट्न अस्पताल प्रशासनलाई निर्देशन दिए । उनले बिरामी र आफन्तसँग गरिने व्यवहारमा सुधारको खाँचो औंल्याउँदै स्वास्थ्य बलियो राख्न खानपिन र आहारविहारमा सुधार गर्न नागरिकलाई सुझाव दिए ।
नेपाल धर्तीकै ज्ञान प्रारम्भ भएको, चिकित्सा विज्ञान, शल्यक्रिया, औषधि विज्ञानको सुरुआत भएको मुलुक भएर पनि बीचमा त्यस्ता उपलब्धि हराउँदै गएको प्रसड्ड जोड्दै प्रधानमन्त्री ओलीले नेपालमा साढे दुई हजार वर्षअघि शल्यक्रिया विज्ञानको विकास गरिएको, त्यसको महत्वपूर्ण पक्ष चिकित्साशास्त्रको ‘श्रुतिसंहिता’ र औषधि विज्ञानको ‘चरकसंहिता’ भएको तथा त्यसैका आधारमा आयुर्वेदको विकास भएको बताए ।
औषधि विज्ञानको प्रभावकारिता विश्वको कुनै पनि विश्वविद्यालयमा रहेको तर नेपालमा भने विश्वास हराउँदै गएकामा उनले चिन्ता प्रकट गरे । प्रम ओलीले त्यस अवस्थाबाट वीर अस्पतालको सुरुआत भएको र यसले नै स्वास्थ्य शिक्षाको सुरुआत गरेर अर्काे ऐतिहासिक काम गरेकामा प्रशंसा गरे ।
प्रम ओलीले विगतमा जस्तो नभई वर्तमान नेपालको चिकित्सा क्षेत्र धेरै बलियो भइसकेको धारणा व्यक्त गरे । “हिजो हामीकहाँ धेरै अभाव थियो, मेरै मिर्गाैला प्रत्यारोपण (२०६४ साउन) भारतमा गरिएको थियो, अहिले नेपालमा सफलताका साथ प्रत्यारोपण हुने स्थिति आएपछि दोस्रोपटक नेपालमैं गर्न पाएको छु,” प्रमको भनाइ थियो । उनले बाहिरभन्दा सफलतापूर्वक र व्यवस्थित ढड्डले नेपालमा उपचार पद्धतिको विकास भएको आफ्नै अनुभव सुनाए ।
प्रधानमन्त्री ओलीले आफ्नो दोस्रो मिर्गाैला प्रत्यारोपण गर्दा रु सात/आठ लाख लागेकामा त्यही उपचार बाहिर भएको भए कम्तीमा रु २० देखि २५ लाख लाग्ने जिकिर गरे । कोरोना महामारीका बेला पहिलोपटक हड्ढङमा स्वाब परीक्षण गराउनुपरेको यथार्थ सुनाउँदै प्रधानमन्त्री ओलीले अहिले १०० भन्दा बढी ठाउँबाट परीक्षण भइरहेको जानकारी गराए ।