काठमाडौं, २७ असार/रासस
नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका सहकुल थापालाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदबाट एआइजी पदमा बढुवा गर्ने निर्णय अनुसार आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले थापालाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
कार्यक्रममा महानिरीक्षक थापा क्षत्रीले पदोन्नतिपछिको नयाँ जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए । सड्डठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाइ अगाडि बढ्नुपर्ने महानिरीक्षक थापाको भनाइ थियो ।
कार्यक्रममा पदोन्नति भएका थापाले नेपाल सरकार एवं प्रहरी सड्डठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ सड्डठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफू बोलाइभन्दा गराइमा विश्वास गर्ने भएकोले आफ्नो बुद्धि, विवेक र इमानदारीपूर्वक सड्डठनको श्रीवृद्धिमा लाग्ने उनको भनाइ थियो ।