प्रस, गरुडा, २६ असार

रौतहटको गरुडा नगरपालिका–४ गरुडा बजारमा रहेको वंशीराम जयसवाल अनाथालयका बालबालिकाहरू बिरामी पर्न थालेका छन् । वर्षा र बाढीको पानी अनाथालयवरिपरि जमेर चारैतिर हिलो र पानी भएपछि बालबालिकाहरू बिरामी पर्न थालेको अनाथालयमा बालबालिकाको रेखदेख गर्ने ह्दयनारायण कश्यपले जानकारी गराएका छन् ।

अनाथालयको आँगनमा पनि पानी जमेको र चारैतिर पानी जमेर निकास नहुँदा लामखुट्टेको समस्या धेरै भएको कश्यपले जानकारी गराएका छन् । पानीमा वनस्पति र अन्य वस्तु कुहिएर बेग्लै किसिमको गन्ध आएको तथा लामखुट्टेले धेरै सताएकोले बालबालिकाहरू बिरामी पर्न थालेको कश्यपको भनाइ छ ।

दैनिक तीनरचार जनाको दरले बालबालिकाहरूमा ज्वरो आउने समस्या देखिएको छ । यसैगरी, टाउको दुख्ने, खोकी लाग्ने र रुघा लाग्ने जस्ता समस्या बालबालिकामा देखिएको कश्यपले बताएका छन् । कश्यपका अनुसार दिनहुँ बिरामी परिरहेका बालबालिकालाई गरुडास्थित अनामिका अस्पतालमा उपचार गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here