नयाँ दिल्ली, भारत, असार २६/एएनआई

भारतमा इन्धनको मूल्य शनिवार पुनः बढेको छ । शनिवार सङ्घीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलकोे खुद्रा बिक्री क्रमशः १०० रुपैयाँ ९१ पैसा र ९ रुपैयाँ ८ पैसा (भारु) प्रतिलिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ ।

अन्य राज्यले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन् । देशभर मूल्य बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण फरक–फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ । महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ ४६ पैसा पुगेको छ ।

उत्तर प्रदेशका भाजपा राज्यसभा सांसद हरदीप सिंह पुरीले बिहीवार केन्द्रीय पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रीको पदभार लिएका थिए । मन्त्रीको जिम्मेवारी सम्हालेसँगै उनले कच्चा तेल र प्राकृतिक ग्यासको स्वदेशी उत्पादन बढाउने बताएका थिए ।

उनले भने, “हाम्रो ध्यान कच्चा तेल र प्राकृतिक ग्यासको बढ्दो घरेलु उत्पादनमा केन्द्रित हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीको एक आत्मनिर्भर भारतको अवधारणाअनुरूप हामी मुलुकमा प्राकृतिक ग्यास आधारित अर्थतन्त्रको विकासतर्फ काम गर्नेछौं ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here