प्रस, वीरगंज, १३ भदौ/
बारा जिल्ला, करैयामाई गाउँपालिका–३ बाट सशस्त्र प्रहरीले १५ वटा राँगा नियन्त्रणमा लिएको छ।
भारतबाट लुकीछिपी भित्र्याइएको राँगा बारा जिल्लाको जीतपुर लैजाने क्रममा सशस्त्र प्रहरी पोस्ट बरियारपुरको टोलीले बरामद गरेको हो। सशस्त्र प्रहरीलाई देखेर राँगा तस्करहरू भागेको बताइएको छ। बरामद गरिएको राँगालाई भन्सार कर्मचारीको रोहबरमा १ लाख ६९ हजार रुपैयाँमा लीलाम गरिएको सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजितले बताए।