प्रस, सप्तरी, २५ असार

सप्तरी रूपनी गाउँपालिका वडा नं २ हरिहरबामा सर्पदंशबाट ६ वर्षीय बालिकाको ज्यान गएको छ । स्थानीय सन्तोष यादवकी छोरी काजलको सर्पदंशबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

धारामा पानी खान जाने क्रममा बालिकालाई सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएलगत्तै बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पु-याइएको थियो ।

उपचारको क्रममा बालिकाको मृत्यु भएको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here