रूपगंज, २५ असार/एएफपी

बङ्गलादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरू ३० भन्दा बढी मानिस घाइते भएका र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।

प्रहरीले घटनास्थलमा अरू पनि परेको हुन सक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी नै रहेको पनि जानकारी दिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान पनि प्रहरीले गरेको छ । सुरक्षित नै मानिएको बङ्गलादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ ।

बङ्गलादेशको राजधानी ढाकामा रहेको ढाका अपार्टमेन्टमा पनि यसअघि सन् २०१९ मा भएको आगलागीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको थियो । अहिलेको घटना भने रूपगंजमा रहेको हाशेम फूड एन्ड बेभरेज कारखानामा भएको हो । घटनास्थल ढाका शहरभन्दा बाहिर औद्योगिक क्षेत्रमा पर्दछ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here