प्रस, वीरगंज, २४ असार/

नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले बिहीवार साँझ तीनजना सङ्क्रमित पुष्टि गरेको छ। अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले आज सङ्क्रमित पुष्टि हुने तीनैजना युवक भएको बताए । २९–३१ वर्ष उमेरका तीनजना युवकमा सङ्क्रमण पुष्टि भएको र उनीहरूको सिटी भ्यालू १९ देखि ३३ सम्म रहेको उनले बताए ।

अस्पतालको पिसिआर प्रयोगशालामा आज ५७ जनाको स्वाब परीक्षण गरिएको थियो । यसअघि हिजो ५६ जनाको स्वाब परीक्षण गर्दा सङ्क्रमित पुष्टि नभएको कोभिड संयोजक डा सिंहले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here