प्रस, बिरुवागुठी, २२ असार/
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चक्लाबन्दी पकेट ब्लक जोन अन्तर्गत पर्सागढी नगरपालिकामा मेशिनद्वारा धान रोपाइँ भएको छ ।
पर्सागढी नगरपालिका–३ झुलिटार गाउँमा १० कट्ठा जमीनमा मेशिनबाट धान रोपाइँ गरिएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, पर्साको आयोजनामा भएको कार्यक्रममा बोल्दै परियोजनाका एकाइ प्रमुख रोशन अधिकारीले मेशिनबाट धान रोपाइँ गर्दा चालीस प्रतिशत काम बढी हुने र साठी प्रतिशत समयको बचत हुने तथा दश प्रतिशत उत्पादन वृद्धि हुने बताए । उनले यो प्रविधिको प्रयोग गर्न किसानहरूलाई सुझाव दिए ।
सो अवसरमा प्रमुख अधिकारीले धान जोन अन्तर्गतका किसानहरूको लागि आगामी वर्षदेखि मेशिनबाट धान रोपाइँ गरिने जानकारी गराए ।
कार्यक्रममा कृषि औजार केन्द्र पर्साका इन्जिनीयर द्वारिका चौधरी, सुनाखरी कृषि सहकारी संस्थाका अध्यक्ष सरस्वती भट्टराई, विक्रम कार्कीलगायत स्थानीय किसानहरूको सहभागिता थियो ।