प्रस, वीरगंज, २१ असार

नेपाल–भारत मितेरीपुलमा सोमवार बिहान केहीबेर तनाव भयो । जिल्ला प्रशासन कार्यालय, पर्साले निषेधाज्ञा जारी गर्दै आजदेखि वीरगंजको मुख्य नाकाबाट विदेशी नागरिकहरूलाई प्रवेश निषेध गरेकोमा भारतीय कामदारहरूले नेपाल आउन दिनुपर्ने माग राख्दै तनाव सिर्जना गरेका थिए ।

दैनिक वीरगंजमा कामको लागि आउने कामदारहरूले आफूहरूलाई रोके नेपालीहरूलाई पनि भारत आवतजावत गर्न नदिने चेतावनी दिएका थिए । उनीहरूले मितेरीपुलमा नेपालीहरूको आवागमनमा रोक लगाएपछि दुवै देशका सुरक्ष्Fाकर्मीहरूले स्थितिलाई साम्य पारेका थिए ।

दुवै देशका सुरक्षाकर्मीहरूले सो तनावलाई लिएर छलफल गरेका थिए । सो क्रममा भारतीय सुरक्षाकर्मीले आफ्ना नागरिकलाई नेपालमा निषेधाज्ञा जारी रहेको र विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको भन्दै आफ्नो नागरिकलाई रक्सौलतर्फ फर्काएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here