प्रस, परवानीपुर, १९ असार

बारा, परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी गण्डकस्थित निम्बस समूहको प्रोजिओकेम प्रालिमा पानी पसेको छ । सो उद्योग विगत तीन दिनदेखि डुबानमा छ । सो उद्योगमा पानी पसेर विभिन्न रङ्गका मास्टर ब्याच, बोरा बनाउने प्लास्टिकको दाना, तयारी बोरा, ननवुभेन फेब्रिक, वुभेन फेब्रिक, मास्कलगायतका सामान भिजेर लाखौं मूल्यको क्षति भएको छ ।

पानी पसेर विभिन्न रङ्गका मास्टर ब्याच, बोरा बनाउने प्लास्टिकको दाना, तयारी बोरा, ननवुभेन फेब्रिक, वुभेन फेब्रिक, मास्कलगायतका सामान भिजेर लाखौं मूल्यको क्षति भएको छ । परवानीपुर गापाको रामपुर, मुसहरी, ताजपुर, कोइरिया टोला, लिपनी, चैनपुर, पर्साको सुखचैनालगायत गाउँका सरेह भएर बर्खाको पानी बग्ने भएकोले बहुअरीमा सञ्चालित अधिकांश उद्योग बर्सेनि डुबानबाट प्रभावित हुन्छन् ।

यस वर्षको बर्खाले प्रोजिओकेम, चप्पल, कपडा र स्टील उद्योगलगायत आधा दर्जन उद्योगमा पानी पसेको छ । यो समस्या हरेक वर्ष आउने गरे पनि स्थानीय, प्रदेश र केन्द्र सरकारले कुनै चासो नदिएको उद्योगीहरू बताउँछन् । उद्योगी–व्यवसायीहरूले उद्योग वरपरबाट बग्ने नदीको पानी बहावको लागि सुविधायुक्त नालाको निर्माण आवश्यक रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here