प्रस, जीतपुर, २१ असार/

नेकपा माओवादी केन्द्रको जीतपुरसिमरा उपमहानगरपालिका–७ मा वडाभेला सम्पन्न भएको छ । केन्द्रका जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले हृदयनारायण रौनियारको अध्यक्षतामा २५ सदस्यीय वडा एकाइ समिति गठन गरेको छ ।

यसैगरी, भेलाले रामप्रकाश यादवको अध्यक्षतामा ३५ सदस्यीय वाइसिएल गठन गरेको छ । भेलामा नेकपा माओवादी केन्द्र प्रदेश २ का सदस्य राजन पौडेल, हरि चौलागाईं, राजदेव पासवान, तपिया रामलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here